२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारबाट बर्हिगमनपछि उपेन्द्रले गुहारे ठाकुरलाई

३१ बैशाख २०८१, सोमबार ०९:११

काठमाडौं । उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजिनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई सम्झिएका छन् ।

मन्त्रीबाट राजिनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न यादव सिधै लोसपाको कार्यालय पुगेका थिए । ठाकुरसँग भेटेर यादवले संकटमा परेको मधेश सरकारमा सहकार्य गर्ने भन्दै गुहार मागेको लोसपाका एक नेताले बताए ।

उनका अनुसार भर्खरै प्रस्ताव आएको र यस विषयमा सल्लाह गरौंला भन्ने जवाफ महन्थले दिएका छन् । पहिले मधेशका मुख्यमन्त्रीको विश्वासको मत र अशोक राई नेतृत्वको जसपाको दल सनाखत प्रक्रिया सम्म कुर्ने लोसपाको तयारी छ ।

आइतबार नेकपा एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि मधेश प्रदेशमा जसपा नेपालका नेता मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । त्यसपछि उपेन्द्र यादवको जसपा नेपाल संघीय सरकारबाट पनि बाहिरिनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा