२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

Uncategorized

दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री दाहाल

३१ बैशाख २०८१, सोमबार ०८:५८

३१ वैशाख,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वी चितवनमा आज भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो ।

“सदनको गतिरोध अन्त्य भइसकेको छैन,” उहाँले भन्नुभयो, “आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।”

सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको स्थीरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।”

नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाङ्क्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ,” उहाँले भन्नुभयो, “कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।”

सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ललिता निवासको १४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारीसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा