२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकीकृत समाजवादी बैठक : राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

२ जेष्ठ २०८१, बुधबार ११:५७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ।

ललितपुरको बालकुमारीमा मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए।

पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ।

राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।

समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन्। विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ।

सांगठनिक दस्तावेजमा देशभर पार्टी संगठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त संगठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन्। समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौंमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ। नेता गौतमका अनुसार यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा आज छलफल गरिने छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा