२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेस

जग्गा विवादमा कोदालो प्रहार गरि हत्या

३ जेष्ठ २०८१, बिहीबार १३:४४

सिराहा ३ जेठ । सिरहामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको जग्गा विवादमा कोदालो प्रहार गरी हत्या भएको हो ।

बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला बिहीबर बिहान ८:२० बजे स्थानीय बचाई महतोले कोदालो प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए । बचाई महतो फरार भएका छन् ।

प्रहरीका अनुसार हत्या गरिएका बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो । बुधराम बिहीबार बिहानै केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए ।

त्यही क्रममा बचाई पुगेपछि विवाद भएको थियो । सोही क्रममा बचाईले बुधराममाथि कोदालो प्रहार गरेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा