२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना

१३ जेष्ठ २०८१, आईतवार १७:२१

वीरगन्ज, १३ जेठ । पर्सासहित तराई मधेशका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

ती भू–भागहरूमा आगामी ३ दिन (जेठ १३ गतेदेखि जेठ १५ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ । त्यसैले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वीरगन्जमा आज ४४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ ।

यसबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने,

नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा