२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

आर्थिक

लुम्बिनी प्रदेशको आगामी बजेट ३८ अर्ब ९७ करोड(पूर्ण पाठसहित)

१ असार २०८१, शनिबार १८:३७

१ असार, बुटवल । लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर बजेटमा रकम विनियोजन गरिएको छ ।

राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सरकारले बजेटको आकार गत वर्ष भन्दा २ अर्बले घटाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । यस्तै आगामी आर्थिक वर्षको कूल खर्च ३८ करोड ९७ करोड विनियोजन गरिएको छ ।

विनियोजन रकममध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ ।

आगामी वर्षमा अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।

बजेटमा लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन बनाउन एक अर्ब ८० करोड विनियोजन गरिएको छ । यस्तै सोही अस्पतालमा एमआरआई मेसिन खरिद गर्न १५ करोड छुट्याइएको छ ।

बजेटमा हाल कार्यान्वयनमा रहेको सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई थप सय वटा वन समुहमा बिस्तार गरी यसलाई प्रदेश सरकारको राजश्वको प्रमुख श्रोतको रुपमा अगाडि बढाइने बजेटमा उल्लेख छ ।

बजेट वक्तव्यमा कृषि कर घटाइने आर्थिक मामिला तथा योजना मन्त्री आचार्यले उल्लेख गरेका छन् । बजेटमाथि सैद्धान्तिक छलफल असार ६ र ७ गते हुने छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा