काठमाडौँ । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा संचालित एयरलाइन्सहरूले तीन दिनसम्म भाडा नबढाउने सहमति गरेका छन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिएअनुसार, आगामी सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै टिकट बिक्री गर्नेछन्।
दशैंको पर्व नजिकिँदै गर्दा हवाई सेवा कम्पनीहरूले क्यानले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गर्न थालेका थि ए। तर, दशैंको मुखमा भाडा बढाएको विषयमा चौतर्फी विरोध भएपछि नियामक निकाय क्यानले छलफलमा बोलाएको थियो।
बाढी र पहिरोका कारण सडक यातायात पूर्णरूपमा अवरुद्ध भइरहेका बेला एयरलाइन्सहरूले महँगो शुल्क नलिनुपर्ने माग सर्वसाधारणको थियो। यस विषयमा एयरलाइन्सहरूको सहमति सार्वजनिक हुनु सकारात्मक कदमको रूपमा लिइएको छ।