२८ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जिल्ला समाचार

स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको

१६ आश्विन २०८१, बुधबार १७:१३

काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दशैं, तिहारको बडा अफर’ योजना शुरू गरेको छ। विजयादशमी तथा दीपावलीको अवसर पारेर आफ्ना ग्राहकहरूको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् । यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ ।

यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस पठाउनु पर्नेछ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

क्याम्पेनबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, “हामी यस दशैंको उत्सवलाई अझ विशेष बनाउन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउँदा अत्यन्त उत्साहित छौं । यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दिन हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सर्वदलीय बैठकले गरे बिभिन्न नौ निर्णय (विवरण सहित) रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, बिभिन्न घटनामा ३ को मृत्यु बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो युवतीलाई छुरा प्रहार गरेको आशंकामा एक युवक पक्राउ गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री सीआईएनको १६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै सशस्त्र प्रहरीले बरामद गरेको भन्सार छलिको सामान बुझायो पर्साको ठोरी गाउँपालिका पर्यटकीय पूर्वाधार निर्माणमा अग्रसर शुक्रबारसम्मका लागि वीरगन्ज महानगरका विद्यालय बन्द तराईमा तापक्रम बढ्यो, जेठ १५ गतेसम्म तातो हावा चल्ने सम्भावना पर्सामा ३१ हजार ८१२ जना बालबालिकालाई लगाईदै १७ औ गणतन्त्र दिवसको अवसरमा अलखिया मठमा सरसफाई आर्थिक राजधानी घोषणा गराउन वीरगन्जमा भेला गर्दै आजपा