कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाचार

अविरल वर्षाले विराटनगर महानगरका अधिकांश वडा डुबानमा

१२ असार २०८१, बुधबार

विराटनगर,१२ असार। अविरल वर्षाका कारण विराटनगरका आधिकांश स्थान डुबानमा परेका छन् ।

पानीको सतह बढेसँगै महानगरका १९ वडा मध्ये १२ वडा डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका ५ सय बढी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमान लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार डुबानमा परेका बस्तीका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लौजानेक्रम जारी रहेको बताए । उनले महानगर भित्र १२ सय बढी परिवार डुबानबाट प्रभावित भएको जानकारी दिए ।

विराटनगर महानगरले तयार पारेको पूर्वानुमान अनुसार बाढी र डुबानबाट महानगरका ९ हजार परिवारका ४२ हजार जनसंख्या प्रभावित हुने अनुमान छ । नगरस्तरीय विपत व्यवस्थापन समितिले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार ८ वटा क्लष्टर तयारी गरी विपदको समयमा गर्ने काम बाँडफाँड समेत गरिएको छ ।

विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने, कोइरालाका अनुसार विपद पूर्वतयारी प्रतिकार्य योजना अनुसार महानगरका कुन कुन स्थानमा बहुप्रकोप जोखिमको पहिचान गरी आवश्यक तयारीमा जुटेको बताइन् ।

महानगरले पहिचान गरेको मुख्य क्षेत्रहरूमा सिंघिया खोला आसपास पर्ने १, २, ७, ८, १४, १८ र १९ नम्बर वडाका ३ हजार ७० घरपरिवार प्रभावित हुने अनुमान रहेको छ । त्यसैगरी केशलिया खोलाबाट महानगरको वडा नम्बर ४, ५, ६ ११ र १२ गरी १ हजार ४ सय ९५ घर प्रभावित हुने अनुमान महानगरको छ ।

बस्ता पैनीबाट महानगरको वडा नम्बर ६, ७ र ८ का २ हजार २ सय १० घर परिवार प्रभावित हुने अनुमान छ । डुबानले महानगरको वडा नम्बर ९ बाहेकका सबै वडा प्रभावित हुने जोखिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्