कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली

प्रधानमन्त्री भेट्दै लामिछानेले जनाए यी असन्तुष्टि

रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न उनी आउने जानकारी भएपछि बिहानैदेखि सूर्यदर्शन सहकारी पीडित कार्यक्रमस्थल बाहिर पम्लेट लिएर पुगेका थिए ।
२५ भाद्र २०८१, बुधबार

पोखरा । आफूमाथि मकैको खोया प्रहार भएको ८ महिनापछि पोखरा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार सहकारी पीडितले कालोझण्डा देखाए ।

रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न उनी आउने जानकारी भएपछि बिहानैदेखि सूर्यदर्शन सहकारी पीडित कार्यक्रमस्थल बाहिर पम्लेट लिएर पुगेका थिए । उनीहरुले रवि कार्यक्रममा आउँदै गर्दा उनको संलग्नता रहेको जिकीर गर्दै नाराबाजीमात्रै गरेनन्, कालो झण्डा नै देखाए ।यसअघि कालो झण्डा देखाउने व्यक्तिहरुलाई धरपकट गर्ने प्रहरीले मंगलबार भने उनीहरुलाई बल प्रयोग गरेन, कालो झण्डा खोसेन ।

प्रहरीको सुरक्षामा रवि कार्यक्रमस्थलमा छिरे । सबैलाई भेट्दै, प्रश्न सुन्दै सभा गर्न पुग्ने रवि कार्यक्रम हलमा मात्रै होइन पार्टी प्लालेसकै मुल गेट नै लगाएर सम्वोधन गर्ने स्थितिमा पुगेका हुन् ।

आफूविरुद्ध नाराबाजी र देखाइएको कालो झण्डा हेर्दै गाडीबाट सिधै कार्यक्रमस्थल पुगेका रविले बैठकमा सहकारीमा संलग्न भएको प्रमाणित भए अहिल्यै राजनीति छोडिदिने मात्रै दोहोर्‍याएनन्, पीडित आन्दोलनकारीमाथि पनि आक्रोश पोखे । उनले सहकारी पीडितले अरु राजनीतिक दलको उक्साहटमा आफूविरुद्ध आन्दोलन गरेको आरोप लगनाए ।

‘म कालो झण्डाबाट डराएको मान्छे होइन । खोयाबाट सुरु भएको यो काण्ड खोयामै गएर टुंगिन्छ भनेर मैले भनेको थिएँ । गलत मान्छेले नेतृत्व गर्दा पीडितहरुले न्याय पाउन सकेका छैनन्’, रविले बैठकमा भने, ‘जसले ठगेका छन्, उनीहरु बच्ने जो संलग्न छैन ऊ फस्ने । केही छैन प्रमाणित गरिदिनुस् ।’

रविकै प्रमुख भूमिकामा जीबी राईको लगानीमा खुलेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन सहकारीको पैसा गएको अनुसन्धानबाट खुलेको छ । यो घटनामा जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेविरुद्ध पनि पूरक जाहेरी परेको छ ।

सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले गृहमन्त्री हुँदा लामिछानेले सहकारी पीडितलाई न्याय दिलाउने वचन दिए पनि केही नगरेकाले पीडितहरु आक्रोशमा रहेको बताए ।

पोखराको सूर्यदर्शनबाट रविको नाममा लिएको एक करोड रुपैयाँ गोर्खा मिडियाको नाममा हिसाब मिलान गरिएको सार्वजनिक कागजातहरुबाट देखिएको छ ।

पोखरा महानगरपालिका, प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा विज्ञहरुले थप वित्तीय विश्लेषण गर्ने क्रममा रविको नाममा रहेको यो ऋण गत असारमा मात्र मिलाएको पाइएको छ ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने, माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।

त्यस्तै पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई पनि उक्त पूरक जाहेरीमा विपक्षी बनाइएको छ । कास्की प्रहरीले यो प्रकरणमा रवि लामिछानेसँग काठमाडौंमा गई बयानसमेत लिइसकेको छ । त्यो बयानमा पनि रविले आफू सहकारी ठगीमा संलग्न नभएको र प्रतिवेदनमा उल्लिखित रवि आफू नभएको दाबी गरेका छन् ।

उनी गृहमन्त्री हुँदा सुस्त भएको अनुसन्धान अहिले कांग्रेस नेता रमेश लेखक गृहमन्त्री भएपछि फेरि तीव्र बनेको छ । प्रहरीका अनुसार पूरक जाहेरीमाथि पनि छिट्टै मुद्धा चलाउने तयारी भइरहेको छ ।

सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्यार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् । पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् ।

पहिलो प्रतिवेदनले सहकारी ठगीमा संलग्न अन्य व्यक्तिलाई जोगाएको भन्दै पूरक जाहेरी र चौतर्फी दबाबपछि फेरि विस्तृत अनुसन्धान गरी गत वैशाख २६ गते पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको थियो । त्यसकै भोलिपल्ट मेयर आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ हजार ४ सय १९ पृष्ठको प्रतिवेदन हस्तन्तरण गरेका थिए ।

२०८० भदौ २१ गतेसम्म सस्थाले प्रयोग गरेको कम्प्युटर लेखा प्रणाली सफ्टवेयरमा उल्लेख भएका कुल १८७०० वटा बचत खातामा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रहेको पाइएको प्रतिवेदनले देखाएको छ ।

प्रहरी प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्