कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

आर्थिक

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४० हजार पुग्यो

३ जेष्ठ २०८१, बिहीबार

३ जेठ, काठमाडौं । सुन र चाँदीको मूल्य आकाशिएको छ । मूल्य बढेर सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो ।

वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको थियो । त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्