कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

आर्थिक

२ हजार जना व्यक्तिले दिए मधेशमा आयोजित श्रमाधान रोजगार मेलामा आवेदन

२१ जेष्ठ २०८१, सोमबार

जनकपुर,२१ जेठ।  मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुई दिने श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । जनकपुरधामको उद्योग बाणिज्य संघको सभा हलमा मेला आयोजना गरिएको थियो ।

मेलाको हिजोमात्र करिव दुई हजार पाँचसय गरी ६ हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका छन् । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव दुई हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्डतर्फ ८० जना गरी जम्मा २४७ जना आवेदकलाई अन्तरवार्ताका लागि आमन्त्रण गरिएको छ ।

मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरु चार, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११,. बैंक तथा वित्तीय संस्थाको दुई तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्र समेत ६ गरी ३७ वटा स्टल राखिएको थियो ।

गत शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्