कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाचार

अमेरिकाको छेउमै रुसको शक्ति प्रदर्शन, क्युबा पुग्यो रुसी युद्धपोत

३१ जेष्ठ २०८१, बिहीबार

काठमाडौं ३१ जेठ। रुसी नौसैनिक जहाजको एउटा फ्लीट क्युबा पुगेको छ । क्युबा नजिक रुसी युद्धपोतको आगमनलाई रुसको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । युक्रेन युद्धका कारण पश्चिमी देश र रुसबीच तनाव बढेको छ ।

अमेरिकी अधिकारीहरूले ती जहाजहरूमा नजर राखेको बताएका छन्। तर, अमेरिकाले पनि यी जहाजहरूले अमेरिकालाई तत्काल कुनै खतरा नरहेको बताएको छ ।

क्यारेबियन देश क्युबा पुग्नुअघि यी जहाजहरूले एट्लान्टिक महासागरमा मिसाइल प्रहार गर्ने अभ्यास पनि गरेका थिए। यी जहाजहरूमा एक फ्रिगेट र एक आणविक संचालित पनडुब्बी पनि समावेश छन्।

क्युवा र रुसबीच बलियो द्विपक्षीय सम्बन्ध छ। यी जहाजहरू आगामी पाँच दिनसम्म हवाना बन्दरगाहमा रहनेछन्।

यो बन्दरगाह फ्लोरिडाको अमेरिकी नौसेना एयर स्टेसनबाट मात्र १६० किलोमिटर टाढा छ।

प्रतिक्रिया दिनुहोस्