कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

Uncategorized

वीरगञ्ज महानगरपालिकाको आज १५ औं नगरसभा सुरु , ३ अर्बको हाराहारीमा बजेट ल्याइदैँ

८ असार २०८१, शनिबार

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज आफ्नो नगरसभा सुरु भएको छ । आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि महानगरपालिकाले आज १५ औं नगरसभा  सुरु भएको हो ।

वीरगञ्ज पार्टी प्यालेसमा सुरु हुन लागेको नगरसभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्ष ०८१/०८२ का नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । नीति तथा कार्यक्रम पास भइसकेपछि आगामी आर्थिक वर्षका लागि बजेट पेस गरिने कार्यक्रम तय गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

उपमेयर इम्तयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का बजेट सभामा प्रस्तुत गर्नेछन् । स्रोतका अनुसार आगामी आर्थिक वर्षका लागि महानगरले ३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्