कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेस

वीरगञ्ज महानगरको नीति, ‘वैभव वीरगंज’को परिकल्पना साकार पारिने

८ असार २०८१, शनिबार

वीरगञ्ज , ८ असार। वीरगञ्ज महानगरपालिकाले ‘वैभव वीरगञ्ज ’को परिकल्पना साकार पार्ने गरि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आजबाट सुरु भएको महानगरको १५ औँ नगरपरिषद्मा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि महानगरले लिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति कार्यक्रममा सुन्दर, समुन्नत, समृद्द र वैभवशाली वीरगंज निर्माण गर्ने संकल्प र समस्त वीरगंजवासीको चाहाना बमोजिम वीरगंजलाई सुन्दर, समुन्नत र समृद्द बनाइने उल्लेख छ ।

प्रस्तुत नीति कार्यक्रमको कार्यान्वनले स्वच्छ, सफा, हराभरा र सुन्दर वीरगञ्ज शहरको पहिचान स्थापित गर्दै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा वीरगञ्जलाई विकसित गर्ने कार्यमा सघाउ पुर्याउने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।
यस्तै आगामी आर्थिक वर्षमा यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु विन्दवासिनीमाई मन्दिर, पिपराको नृसिङ्ग मन्दिर र भुटनदेवी मन्दिर निर्माणको कार्य अगाडी बढाउने तथा अन्य मठ मन्दिरको आवश्यकता अनुसार पुनःनिर्माण र सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

पर्यटन प्रवद्र्धन र आन्तरिक आय बृद्धिका लागि वीरगञ्ज १७ र १९ मा पर्ने कोनियामा रहेको सार्वजनिक जग्गामा आधुनीक हरित पार्क सहितको ताल निर्माण गर्ने, वीरगंज घण्टाघर नजिकको खाली जग्गामा सार्वजनिक निजी साझेदारि र दातृ निकायसँगको समन्वयमा आधुनिक हरित पार्क निर्माणको कार्यलाई अगाडि बढाउने जस्ता कार्यलाई प्राथमिकता दिएको छ । यस्तै वीरगंजलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था आगामी

आर्थिक वर्षबाट लागू गरिने पनि उल्लेख छ । बढ्दो खानेपानीको समस्या समाधानका लागि डीप बोरिङ तथा पाइपलाईन विस्तारलाई प्राथमिकता दिँदै यहाँ रहेका पोखरी, इनार तथा कुवाको संरक्षण गर्ने नीति लिएको छ । अधिवेशनमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।

नीति तथा कार्यक्रम २०८१-०८२

प्रतिक्रिया दिनुहोस्