कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

२ जेष्ठ २०८१, बुधबार

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे गुहाटीमा सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।

त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिसकेको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।

राजस्थान सन्जु सामसनको कप्तानीमा खेलिरहेको छ भने पञ्जाव किंग्सको नेतृत्व शिखर धवनले गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्